दफा ११
प्रतिष्ठानका कर्मचारीहरु सम्बन्धी व्यवस्था
: (१) प्रतिष्ठानमा निम्न किसिमका कर्मचारीहरु
रहनेछन्ः–
(क) प्रशासकीय
(ख) प्राध्यापन तथा अनुसन्धान
(२) प्रतिष्ठानको प्रमुखको रुपमा एक जना कार्यकारी निर्देशक रहनेछ । निजको नियुक्तिनेपाल सरकारबाट हुनेछ । निजको कार्यावधि पाँच वर्षको हुनेछ र नेपाल सरकारले चाहेमानिजको कार्यावधि पुन बढीमा पाँच वर्षको लागि थप थर्न सक्नेछ ।
(३) प्रतिष्ठानमा अन्य कर्मचारीहरु आवश्यकतानुसार रहनेछन्।
(४) प्रतिष्ठानका कर्मचारीहरुको पारिश्रमिक, सेवाको शर्त एवं सुविधा तोकिए बमोजिम हुनेछ ।